वीरगञ्जबाट प्रहरीले अपहरणमा परेका बालको सकुशल उद्धार गरेको छ। गएराति सिर्सिया खाल्वाटोलामा प्रहरीले अपहरणकारीको पञ्जाबाट बालकलाई उद्धा गरेको हो। बालकलाई उद्धारगर्दा चलाएको गोली लागि अपहरणकारी घाइते भएका छन्।
घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको प्रहरीले जनायो। गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ।