प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले रिक्त रहेका सवै जिल्ला अस्पतालमा तत्काल चिकित्सकको व्यवस्था गर्न लागेको बताएका छन् ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाको आयोजनामा विराटनगरमा आजदेखि शुुरु भएको ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले कर्मचारी समायोजनक कारण प्रदेशका १७ वटा जिल्ला अस्पताल चिकित्सक विहिन भएकाले ती अस्पतालमा तत्काल करारमा चिकित्सको व्यवस्थागर्न लागेको बताए ।
मुख्यमंत्री राईले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि पनि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि वढाइएको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ्य नागरिकवाट नै समुद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताउँदै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुुपर्नेमा जोडदिए ।
उनले प्रदेशमा देखिएका डेङ्गगु र उदयपुरमा शरिर काम्ने रोगवाट जनता ग्रसित रहेको भन्दै यस्ता चुनौती समाधान गर्न र छिटो छरितो जनतालाई स्वास्थ्य सेवा प्राप्तको अनुभूति गराउन स्वास्थ्यकर्मी तोकिएको अस्पतालमा जानुुपर्नेमा जोड दिनुुभयो ।
मुख्यमन्त्री राई सरकारी स्वास्थ्य संस्थामा आवश्यक भौतिक पूर्वाधार , आधुनिक उपकरणको, दक्ष जनशक्ति तथा ,सर्वसुलभ औषधिको उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सक काम छाडेर निजी क्षेत्रमा कार्य गर्नेलाई दण्डित गरिने बताए। उनले मापदण्ड अनुुसार स्वास्थ्यसेवा प्रदान नगर्ने अस्पताललाई प्रदेश सरकारले कार्वाही प्रक्रिया अगाडी वढाउन लागेको बताए ।
उनले न्यूनतम सुविधा उपलव्ध नगराउने निजी स्वास्थ्य संस्थामा अब ताला लगाउने भन्दै ट्रष्टको नाममा व्यापार गर्ने एम्वुलेन्स सेवामा विकृति फैलाउने जो कोइलाई पनि कार्वाहीको दायरमा ल्याउने बताए ।
प्रदेश योजना आयोगका सदस्य मीना भण्डारीले प्रदेशको प्रथम पञ्चवर्षिय योजनामा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिएको चर्चा गरे ।
सामाजिक विकास मन्त्रालयका सचिव वीरवहादुर राई,जिल्ला समन्वय समितिका महासंघका अध्यक्ष बवि चाम्लिङ्ग, निजी अस्पताल संघका प्रदेश अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले जनताको स्वास्थ्य सेवामा सहज पहुंच हुनुपर्नेमा जोड दिए ।
गोष्ठीमा स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले प्रदेश तहका अस्पताल, आयुर्वेद तथा जनस्वास्थ्य कार्यक्रमको समग्र आवश्यकता, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश सरकारका स्वास्थ्य कार्यक्रम तथा भावि योजना र संङ्घीय स्वास्थ्य तथा जनसख्या मन्त्रालयका डा. दिपेन्द्ररमण सिंहले स्वास्थ्य कार्यक्रमको समग्र अवस्था वारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख जनस्वास्थ्य कार्यालयका , आयुर्वेद औषधालय सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष, र निजी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको सो गोष्ठि तीन दिन सम्म संचालन हुुने छ ।