सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस पल्टिँदा मृत्यु भएका १७ जनाकै सनाखत भएकाे छ।
मृत्युहुनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले, र चितवन पटीहानीकी पूजा बस्नेत रहेकाे प्रहरीले जनाएको छ।
घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाण्डाैमा उपचार भइरहेको छ भने २९ जना उपचारपछि घर फर्किएका छन्। दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो।