नलगाड नगररपालिका ७, दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । दल्ली प्रहरी चौकीअघि रुखमा शनिबार घाँस काट्दै गर्दा लडेर सख्त घाइते खत्रीको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । उनको गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस