कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।
डोटीको शिखर नगरपालिका १, भागेश्वर मन्दिरनजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना.७ख ६१८१ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगंगा नगरपालिका ६, बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला छन् । दुर्घटनामा ३६ यात्रु घाइते भएका छन् ।
घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।