नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित जुवाखालबाट ८ जना पक्राउ परेका छन्।
उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीले काठमाडौँको सामाखुसीबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडेलाइृ नियन्त्रणमा लिएको हो। बिदामा बसेका दिन शाही जुवाखालबाट समातिएका हुन्।
एडिसी शाही सहित आठजनालाई प्रहरीले सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट नियन्त्रणमा लिएको हो। समातिएकाहश्रलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।
समातिएका मेजर शाही जुवाका अम्मली नै भएको प्रहरीले जनाएको छ। प्रहरीको नियन्त्रणमा पर्नेमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन्।
रामेछापको सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन्। कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ। शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ।