प्रदेश २ सरकारले छठ पर्वका अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ । प्रदेशमा पछिल्लो साता तिहारको लगातार ४ दिन सार्वजनिक बिदा थियो ।
यसपटकको छठ शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै छ । यसअघि संघीय सरकारले छठको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो । २०७४ को छठमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक २ दिन बिदा दिएको थियो ।
शनिबार स्वतः बिदा हुने भए पनि छठको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले बिदा दिएको छ । यो दिन शनिबारै भए पनि संघीय सरकारले पनि बिदा दिएको सूची बनाएको छ ।