सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२, कोसी बाँधमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटिएको छ ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीय बासिन्दाले गए राति कोसी बाँधमा १५ किलोको अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए ।
प्रहरीले अजिङ्गर छोपेर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीमा करिब ७ फिट लामो र १२ किलोको अजिङ्गर फेला परेको थियो । -रासस