रुकुम पश्चिममा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौरजहारी नगरपालिका ९, सल्यानी पधेंरामा ट्र्याक्टर दुर्घटना भएको हो ।
चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे.१त ५१०७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सानीभेरी गाउँपालिका १, का २२ वर्षीय ट्र्याक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको ट्र्याक्टर सडकबाट २० मिटर तल खसेको छ ।