एकजना वृद्धकाे हत्या गरी फरार भएका मोरङ रंगेली नगरपालिका–९ दर्वेशाका भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलनगरी उनलाई सार्वजनिक गरेको हो ।
रंगेली–९ दर्वेशा वस्ने ६५ वर्षिय पहाडचन्द राजवंशीको हत्यागरि फरार भएकमाम भरतलाल राजवंशीलाई घरमा लुुकि रहेको अवस्थामा गएराती पक्राउ गरेको मोरङका प्रहरी प्रमुुख एसपी विश्व अधिकारीले बताए ।
डेढवर्ष अघि दर्वेशा–वनकोल सडकमा हतियार प्रहार गरी पाहाड चन्दको हत्या भएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामो समयदेखी उनी भारतमा लुुकेर बस्दै आएका थिए । धामी झाँक्री गर्दै आएका पहाडचन्द राजवंशीको हत्यारालाई पक्रन नसकेको भन्दै प्रहरीको आलोचना समेत हुुदै आएको थियो ।
घटनाको फायल हेरि रहेको प्रहरी निरीक्षक दाहालले रंगेली सरुवा भएर आएपछि घटनाप्रती गम्भिर भएर लागेकाले पनि भरतलाई पक्रन सफल भएको उनको भनाई छ । ज्यान सम्वन्धि मुुद्धामा उनलाई कारबाही अघि वढाएको प्रहरी निरीक्षक दाहालको भनाई छ ।