तीजका बेला बिच्च-बिच्चमा गाएर चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् ।
‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
उनको पछिल्लो गीतमा बियर र गाँजा सेवनलाई प्रोत्साहन दिएको भन्दै आलोचना हुँदै आएको थियो । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए ।
थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छाड्ने प्रहरीको तयारी छ । गीतमा, धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ ।