फराकिला सडक व्यवस्थित नाला तथा भौतिक पूर्वाधारको विकाससंगै स्वच्छ, हरियाली तथा वातवरणमैत्री सहर वनाउने अभियानमा विराटनगर महानगरपालिका जुटेको छ।
अभियान अन्तर्गत महानगरपालिकाले वातावरण मैत्री घर निमार्णलाई जोड दिएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा वातवरणमैत्री घर वनाउने घरधनीलाई पुुरस्कार र कदरपत्रद्धारा सम्मानगर्ने नीतिनै ल्याएको छ।
स्वच्छ, हराभरा र वातावरणमैत्री सहर वनाउने अभियान अनुसार वातावरणमैत्री घर निमार्णलाई जोड दिइएको महानगरपालिकाका प्रमुुख भिम पराजुलीले जानकारी दिए। सुन्दर सहर वनाउने अभियानमा महानगरपालिका जुटेकाले अभियानलाई सफल वनाउने दायित्व महानगरवासीको पनि भएको मेयर पराजुलीको भनाइ छ।
‘वातवरण मैत्री घर निमार्णलाई प्रोत्साहन गर्न महानगरपालिकाले वातवरणमैत्री घरवनाउनेलाई घरमै पुगेर सम्मान गर्ने व्यवस्था मिलाएको छ’, मेयर पराजुलीले भने।
वातावरण मेत्री घर निमार्णकालागी घरभित्रको फोहरको उचित व्यवस्थापन, नविकरणणीय उर्जा तथा उर्जाको कम खपत हुुने चिमको प्रयोग, प्यान सहितको शौचालय निमार्ण तथा त्यसको प्रयोग, व्यक्तिगत सरसफाई, कुकुर पाल्ने घरधनीले त्यस्को दिसा पिसावको उचित व्यवस्थापन तथा खाना पकाउदा दाउरा र गुइठाका प्रयोग हुन नहुने लगायता विभिन्न सूचक पुरा गरेका घरलाई वातावरण मैत्री घर मानिने महानगरपालिका वातावरण साखा प्रमुख अनिता कोइरालाले बताइन्।
महानगरपालिकाले घरमात्र होइन स्कूल, कलेज, सरकारी कार्यालय, वसपार्क तथा औधोगिक क्षेत्रलाईसमेत वातावरण मैत्री वनाउन लागेको उनको भनाई थियो।
महानगरपालिकाले हरियाली प्रर्वद्धनगर्न निमार्ण भएका सडकमा वृक्षारोपण गर्ने काम समेत शुरु गरिसकेको छ। तीनपैनीदेखी पुष्पलाल जाने सडकखण्डमा वृक्षारोपण गरिएका विरुवाहरु समेत हुर्किसकेका छन्।
यसैगरी सिगिंया तथा केशलिया खोलाको किनारमा वृक्षारोपण तथा खोला सरसफाई, हरितपार्क निमार्ण साथै वृक्षारोपाणका लागि विरुवा उत्पादन गर्न नर्सरीका लागि निजीक्षेत्रले चाहेमा महानगरपालिकाले जग्गा समेत उपलव्ध गराउनेगरि पाइलट प्रोजेक्टको रुपमा वातावरण सम्वन्धीकार्य अघि वढाएको महानगरपालिका प्रमुख पराजुलीले बताए।