सिमावर्ती क्षेत्रसंग जोडिएका भारत विहारका नगरपालिकाहरुले विराटनगर महानगरपालिकासंग सहकार्यगरी दुुवैदेशको विकासमा समन्वय गरी अघि बढ्ने जनाएका छन् ।
विराटनगर महानगरपालिकाको निमन्त्रणमा आएका भारतको जोगवनी तथा फारविसगन्ज नगरपंचायतका मेयर ,उपमेयर र वडा पार्षदले महानगरपालिकामा आज भएको छलफल कार्यक्रममा , चेलिवेटी वेचविखन तथा ओसारपोसार तथा लागू औषध, चोरी तस्करी , व्यापार व्यवसायमा तथा सिमाक्षेत्रमा हुुने समस्या र समाधानका उपायका विषयमा छलफल भएको थियो ।
छलफलमा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने ,लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रण तथा ,मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमति भएको छ ।
यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदकाबीचमा आपासी भाइचारा र भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले बताए ।
नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुकोबीचमा भाइचारा ,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने त्यसका लागी एउटा समिति वनाइएको उनको भनाई छ ।
मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ताले फाइदा पुुग्ने भन्दै दुुवैदेसका सिमावर्ती क्षेत्रमा देखिने समस्या स्थानियतहवाट समाधान नभइ प्रदेस तथा तथा केन्द्र स्तरवाट समाधानगर्न दुुवैदेशका जनप्रतिनिधि पहलगर्ने सहमती भएको बताए।
कार्यक्रममा जोगवनी नगरपञ्चायत मेयर अनिता देवी , फासविस गन्ज नगरपालिका उपमेयर मोती खान , भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद ,उपपार्षदहरु र विराटनगर महानगरका,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सम्मिलित भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तहसंग समन्वय आबश्यक रहेकोमा जोडदिएका थिए ।