उपत्यकाभित्र यस वर्षको दसैंमा सवारीसाधन दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३ सय ५० सवारीसाधन दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ सख्त घाइते र ३ सय ४ जना सामान्य घाइते भएका छन् ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्र गति र चालकको लापरबाहीले दुर्घटना बढेको बताए । गत वर्षको दसैंको समयमा २ सय ८५ सवारीसाधन दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए । जसमध्ये ८ सख्त घाइते तथा २ सय २ जना सामान्य घाइते भएका थिए ।
महाशाखाले यस वर्षको दसैंका बेला ट्राफिक नियम उलंघन गर्ने १४ हजार ९ सय ११ सवारीसाधनलाई कारबाही गरेको छ । गत वर्षको दसैंमा ५ हजार सवारीसाधनलाई नियम उल्लंघन गरिएको भन्दै कारबाही गरिएको थियो । -रासस