पत्रकारद्वय शैलज र सनिल नेपाललाई पितृशोक परेको छ । उनका पिता शिवप्रसाद नेपालको शुक्रबार ६४ वर्षको उमेरमा निधन भएको हो ।
मधुमेह, कलेजो, मिर्गौला रोगबाट पीडित नेपालको उपचारका क्रममा बीपी स्मृति अस्पताल वसुन्धरामा निधन भएको हो । लामो समय शिक्षण पेसामा आबद्ध नेपाल नेपाल शिक्षक संघमा समेत आबद्ध थिए । उनीप्रति कांग्रेस नेताहरुले आर्यघाटमै पुगेर श्रद्धान्जली दिएका थिए ।
कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको झन्डा ओढाएर नेपालप्रति श्रद्धञ्जली अर्पण गरेका थिए । अन्त्यष्टिअघि आर्यघाटमै परिवारजनको सल्लाहअनुसार आँखादानसमेत गरिएको थियो ।
पाल्पाको चिदिपानी स्थायी ठेगाना भई अहिले काठमाडौको चन्द्रागिरि नगरपालिका सतुंगलमा बस्दै आएका नेपालका पत्नी २ छोरा र एक छोरी छन् । उनका दुवै छोरा (शैलज र सनिल) काठमाडौंमै रहेर पत्रकारिता गर्दै आएका छन् । नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि समेत रहेका पत्रकारद्धयलाई पितृशोक परेकोप्रति प्रेस युनियनले दुःख व्यक्त गरेको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक वक्तव्य जारी गर्दै दिवंगत नेपालको आत्माको चिर शान्तिको कामनासँगै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।