खोज पत्रकारिता केन्द्र नेपालमा चन्द्रकिशोरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।
बिहीबार ललितपुरमा सम्पन्न केन्द्रको बाह्रौं साधारणसभाले अध्यक्षमा चन्द्रकिशोर, उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई सर्वसम्मत चयन गरेको हो।
तीन सदस्यका लागि भएको निर्वाचनमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भएका छन्।
यसअघि महासचिव रामजी दाहालले प्रगती प्रतिवेदन र इन्द्रलाल श्रेष्ठले पेश गरेकाे कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले अनुमोदन गरेको थियो।