जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुुई जना युवकलाई पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१७ मंगलबजार डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ का २१ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। कार्कीले ती किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबरपछि महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसैगरी, उदयपुरकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सदाले ती किशोरीलाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी गत २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो दुुबै घटनको प्रहरीले अनुसन्धान गरिरहेको छ।