राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेकी हुन्। पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगाएत परराष्ट्र सचिव, उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।