जिल्ला प्रहरी कार्यालय कास्कीले कौडा खेल्ने १५ जनासहित ६ लाख १० हजार रुपैयाँ नियन्त्रणमा लिएको छ । पोखरा १८ चालिसे डाँडाको १ रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक नरहरि अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ३२ थान कौडा, ६ लाख १० हजारसहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरा ६ बैदामका खिमलाल पहारी, वीरबहादुर लामिछाने, चिनबहादुर भट्टराई, शक्ति पराजुली, सनोज पहारी, केदार थापा, लक्ष्मण कुँवर, लक्ष्मण पहारी, कविराज पराजुली, ईश्वर श्रेष्ठ, रामबहादुर थापा पक्राउ परेका छन् ।
यस्तै पोखरा १८ का महेन्द्रबहादुर थापा, पोखरा १८ भकुण्डेका धुव्रबहादुर थापा, पोखरा ११ रानीपौवाका ४३ वर्षीय पूर्ण तिमिल्सिना पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले नियन्त्रण लिने क्रममा भाग्दा पोखरा ६ खहरेका विमल देवकोटा घाइते भए । उनको मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको छ । देवकोटालाई नियन्त्रणमा लिँदा २ प्रहरीसमेत घाइते भएका छन् ।