गत असोज १७ गते हत्या भएकी बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।
धारीलो हंसिया प्रयोग गरि हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकावानपुर जिल्ला हेटौडा घर भएका राम लामालाई प्रहरीले आज सार्वजानीक गरेको छ ।
लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिए । पुरानो रिसीबी तथा गरगहना लुट्ने उद्देश्यले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बाख्रा चराउन गएकि गुरुङलाई हंसिया प्रहार गरी बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
६६ वर्षिया गुरुङले लगाएको गरगहना समेत लुटपात भएका कारण पक्राउ परेका लामालाई कर्तब्य ज्यान र डांका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।