ड्युटीमा डाक्टर नआएको भन्दै बिरामीका आफन्तले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार तोडफोड गरेका छन् । तोडफोड र प्रदर्शनका कारण अस्पताल तनावग्रस्त बनेको छ ।
अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउँसो २ बज्दा पनि नआएपछि आक्रोशित बिरामीका आफन्त तथा विद्यार्थीले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट झा र यादवको बिरामी जाँच्ने कोठामा क्षति पुगेको छ ।
तोडफोडमा संलग्न भएको आरोपमा राजविराज १ का गुञ्जन झा भने पक्राउ परेको प्रहरीले जनाएको छ ।