काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री क्लबमा आज साँझ लागेकाे आगाे ३ घन्टापछि नियन्त्रणमा आएको छ ।आगलागीबाट भिक्ट्री क्लब पूर्ण रुपमा जलेको छ ।
भवनको सातौं तलामा रहेको उक्त क्लबबाट लागेकाे आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,काठमाडौं र ललितपुर महानगरपालिकाकाे सहित ८ वटाको दमकल खटिएकाे थियाे ।
आगो निभाउने क्रममा घाइते भएका एक जना जना अग्नि नियन्त्रककाे वीर अस्पतालकाे ट्रमा सेन्टर उपचार भइरहेकाे छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ।विद्युत् सर्ट भएका कारण आगो लागेको प्रारम्भीक अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन।