रौतहटको इशनाथ नगरपालिकामा गोली प्रहारबाट एकजना युवकको हत्या भएको छ।
इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै अनदजी २५ बर्षीय युवकमाथि गोली प्रहार भएको हो।
मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिले ती युवकको हत्या हत्या गरेर उनीहरु फरार भएका हुन्।
हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।