सीमाक्षेत्रमा विशेष प्रहरी टोली परिचालन भएसंगै भारतबाट नेपाल भित्रिदै गरेका ठूलो परिमाणका पट्काजन्य पर्दाथ धमाधम मोरङ प्रहरीले पक्राउ गर्न थालेको छ ।
सीमाक्षेत्रमा ठुुलो शख्यामा प्रहरी परिचालन गरेपछि पटाखा मात्र नभएर अबैध तरिकाले नेपाल भित्रने सामान समेत पक्राउ गर्न सफल भएको प्रहरीको दावी छ । सिमानाकाबाट प्रवेश हुुने साइकल , मोटरसाइकल लगयत सवै सवारी साधन तथा शंखा लागेका मानीसका समेत चेकजाच गर्ने गरेको मोरङका प्रहरी प्रमुुख एंव एसपी विश्व अधिकारीले वताए।
यस क्रममा सुुनवर्सी नगरपालिका ९ डायनियावजार भारतबाट ल्याउदै गरेको १२ हजार मुुल्य वरावरको पटका आज बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले साइकलमा ल्याउदै गरेको अवस्थामा सो पटाखा बरामद् गरेको हो । केहीदिन अघिपनि सिमानाकाहरुबाट ठुुलो परिणामको पट्खा प्रहरीले वरामद् गरेको थियो । प्रहरी देखेपछि साइकल छाडेर मानिस भागेको प्रहरीको भनाई छ ।
यसैगरी प्रहरीको टोलीले भन्सार छलेर नेपाल भित्रीएका आइरन, ग्यास चुुलो , प्रेसर कुुकर , सिलिङपंखा समेत पक्राउ गरेको छ । रंगेली–२ मंगलवारे स्थित नहरमा मोटरसाइकलमा ल्याई रहेको अवस्थामा सो सामान वरामद् गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले विराटनगर–१० तिनटोलियाबाट ३ लाख मुुल्य वरावरको भन्सार छलि ल्याइएका अवैद्ध सामान वरामद् गरेको छ । तयारी पोशाक लगायत पितलका भाडाहरु वरामद गरेको प्रहरीले जनाएको छ ।
चाडपर्वसंगै सिमाक्षेत्रमा हुुन सकने आपराधिक घटना नियन्त्रणगर्न सिमानाकाहरुमा विशेष प्रहरी परिचालन गरिएको छ । अहिले मोरङका राजमार्ग तथा सहायक राजमार्गहरुमो समेत चेकजाच वढाइएको छ । रानी नाका लगयत विराटनगरका वजार पसल तथा राजमार्गमा नेपाल प्रहरी र सिसि टिभिले निगरानी गरिरहेकाले कुुनैपनि अवस्था अपराधी उम्कन नसक्ने एसपी अधिकारीको भनाई छ ।