चिनियाँ राष्ट्रपति नेपाल रहुन्जेल कालो रङकाे मास्क लगाउन निषेध गरिएकाे छ ।
प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर आज र भोलि यात्रुहरुलाई कालो रङको मास्क नलगाउन अनुरोध गरिएको छ ।सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखेर प्रहरीले यस्ताे अाग्रह गरेकाे हाे ।दुई दिनपछि भने कुनै पनि रङको मास्क लगाउन सकिने प्रहरीले जनाएको छ।
राजधानीका सडककाे अवस्थाका कारण शहर जाने जाे काेहीले मास्क लगाउनु अनिवार्य जस्तै भएकाे छ ।चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएकाे छ।