निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेको बताएकी छन् ।
उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत बताएकी छिन् ।
उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् ।
घटनाकाे दिन आफैंले काेठमा बाेलाएर अन्तर्वार्ता दिएकी शाहीले अहिले आएर आफ्नो अनुमति विना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै ती पत्रकार विरूद्द साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने समेत बताएकी छन् ।