सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ७० बढी यात्रु सवार बस दुर्घटनामा ३० जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा सख्त घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै छ ।
भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा.२ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा भएको हो ।
दसैँ मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा कति सवार थिए भनेर यकिन छैन । प्रहरीका अनुसार मृतकको संख्या बढ्ने सम्भावना छ । बस सडकबाट २ सय मिटर तल खसेको छ ।