चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बिजुली बजार आसपास क्षेत्रमा राखिएको ब्यानर च्यातिएको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाइएकाे छ ।
शनिवार नेपाल आउँन लागेका चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि अहिले काठमाडाैंकाे प्रमुख सडक चाेकलाइ दुलही झै सिंगारिएकाे छ।साथै उपत्यकाकाे सुरक्षा व्यवस्था पनि कडा पारिएकाे छ ।