विगतका वर्ष जस्तै यसवर्ष पनि मोरङको रंगेलीमा निशान यात्रा २०७६ आयोजना हुुने भएको छ। दशैको महानवमीका दिन निशान ध्वजा यात्रा प्रारम्भ हुुदै आएको छ। सोमबार विहान सात वजे विराटनगरस्थित कालीमन्दिरवाट शुुरुहुुने निशानयात्रा २४ किलोमिटर पैदल हिडेर भोलीनै अपरान्ह ४ वजे रंगेलीको ऐतिहासिक कालीमन्दीर पुुग्ने निशान यात्रा मुुल आयोजक समितिका संयोजक मनोज अग्रवालले जानकारी दिए।
ध्वजा पताखा सहित यात्रमा ठुुलो शख्यमा भक्तजन महिला पुुरुष सहभागी हुुने गर्दछन। २४ किलोमिटर दुुरीको यात्राका क्रममा ६ ठाँउ विश्राम लिने जनाइएको छ। कालीमाताको निशान वोकेका भक्तजन आठघन्टाको पैदल हिडेर कालीमन्दिर पुुगेर निशान चढाउने गर्दछन्। व्रत वसेर निशान यात्रमा सहभागीहुुदा मनोकामना पुुरा हुुने भएकाले यात्राको महत्व वढदै गएको संयोजक अग्रवालको भनाई छ।
यात्रमा सहभागीहुने भक्तजनको भव्य स्वागतका लागि स्थानिय स्तरमा सक्रिय भएका छन्। निशान यात्रालाई सफल वनाउन प्रदेश सरकार तथा विराटनगर महानगरपालिका, कटहरी गाउपालिका, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिका सक्रिय भएका छन्। निशान यात्रा तिनवजे रंगेली स्थित शानसारी माईको मन्दिर पुुग्ने र त्यहाँवाट प्रदेश सरकारका मंत्री सहभागी वाजागाजा झाकी सहितको यात्रा काली मन्दिर पुुग्ने जनाइएको छ।
यात्रामा सहभागी भक्तजनका स्वागत गर्न जय दुुर्गेको नारा लगाउदै सडकको दायावाय सर्वसाधारण समेत सहभागी हुुने गर्दछ। तीनवर्ष अघि केही युुवाले शुुरु गरेको यो यात्राले विशाल रुप लिदै आएको छ। यात्राको तयारी पूरा भएको र यात्रमा पाँच हजारभन्दा वढी भक्तजनको सहभागीता हुुने संयोजक अग्रवालको भनाई छ।