कृषि यान्त्रीकरण र औधोगिक उत्तपादनमा जोडदिदै पर्यटन प्रवद्धन गर्ने उदेश्यले विराटनगरमा अन्तर्राष्टि्य स्तरको विराट एक्सपो –२०७६ हुुने भएको छ ।
उधोग संगठन मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।आर्थिक विकासको मुुल आधार उधोग,पर्यटन , कृषि र व्यापार भन्ने मूल नाराका साथ आगामी माघ–२७ गतेदेखी फागुुन–४ गतेसम्म एक्सपो आयोजना हुुने जनाइएको छ ।
औधोगिक उत्तपादन र प्रविधि प्रवद्धन तथा कृषिक्षेत्रमा गुुणस्तरिय र व्यावसायीक उत्तपादनमा जोेड दिदै पर्यटन प्रवद्धधनगर्ने उदेश्यले एक्सपोको आयोजना गर्न लागिएको हो ।
एक्सपोमा औधोगिक उत्तपादन र वस्तुुहरु साथै कृषि , जडिवुुटि, कृषि औजार, सुुचना प्रविधि , वैकल्पिक उर्जा , अटोमोवाईल्स, हस्तकलाका सामाग्री लगायतका वस्तुुहरुको स्टल रहने उधोग संगठनका अध्यक्ष भिम घिमिरेले बताए ।
एक्सोपोमा नेपाल र भारतका ३ लाखभन्दा बढि दर्शकले अवलोकन गर्ने तथा एक्सोपोमा १ अर्वभन्दा वढि कारोवार हुुने आयोजकको दावी छ ।
उधोग संगठन मोरङको आयोजना तथा मोरङ व्यापारसंघ, विराटनगर महानगरपालिका, तथा नेपाल पर्यटन र्वोडको सहयोगमा एक्सपो आयोजना हुुने जनाइएको छ ।