बाजुरामा जुवा खेल्दै गरेका नेकपाका सचिव चन्द्र थापासहित ६ जुवाडे पक्राउ परेका छन् । थापा नेकपा बाजुराका नगर कमिटी सचिव पनि हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट नियमित गस्तीमा गएको टोलीले शंकाका आधारमा होटलमा छापा मार्दा नगद ३० हजार ७ सय ७० रुपैयाँसहित होटल सञ्चालक अन्तिम शाह, स्वामी–कार्तिक गाउँपालिका २ का हिक्मत बुढा, सोही ठाउँका धीरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका ४ का जगत भण्डारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । पक्राउ परेका सबै जुवाडेलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।