राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने नाराकासाथ आजदेखि विराटनगरमा प्रदेश स्तरिय कोशेली महोत्सव शुुरु भएको छ । दशैंको अवसरमा महिला उद्यम समिति, उद्योग संगठन मोरङ, र नेपाल युवा उद्यमी मञ्च विराटनगरको संंयुक्त आयोजना महोत्सव शुुरु भएको हो ।
महिलाद्धारा संचालित उद्योगवाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादन वारे जानकारी, कृषि , औद्योगिक तथा पर्यटन क्षेत्रको विकास , अर्गेनिक वस्तुको उत्पादन र उभोभोगमा जोड दिदै , उद्यमशिलताको विकासमा सघाउ पुर्याउने महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक मनोज विक्रम शाहले जानकारी दिए । महोत्सवमा १ सय १२ वटा स्टल रहेका छन । महोत्सव असोज १५ गतेसम्म संचालन हुुने छ ।
महोत्सवमा पहाडी जिल्लाका उत्पादन छुर्पि, अल्लो, ढाका, राढी पाखी, अचार, अकवरे खुर्सानी, रुख टमाटर, ग्रिन टी, अर्गेनिक सागसब्जी अलग अलग स्टलहरुका साथै स्थानीय उद्योग/व्यवसायले आफ्ना उत्पादनमा विभिन्न योजना सहित वस्तु विक्रिको प्रवन्ध मिलाएको छ । महोत्सवको ३० हजार दर्शकहरुले अवलोकन गर्ने जनाइएको छ ।महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्दै विक्रीकक्षहरुको अवलोकन समेत गरे ।