१० वर्षदेखि निर्माण पूरा हुुन नसकेको विराटनगरको पशु बधशाला अब अत्याधुनिक बन्ने भएको छ। लामो समयदेखि पूर्णता पाउन नसकेको विराटनगरको वधशाला निमार्णका लागि विराटनगर महानगरपालिकाले चासो देखाएपछि बधशालाको निमार्ण कार्यले पूर्णता पाउन लागेको हो ।
महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा आज आयोजित छलफल कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुलीले, प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पाँच/पाँच करोड गरी दश करोड रकम विनियोजित गरी दुइवर्ष भित्र काम सम्पन्न हुुने गरी वधशालाको निमार्ण प्रक्रिया शुरु भएको जानकारी दिए । प्रदेश सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गरी समयमा काम सम्मपन्नगर्ने उनको भनाई छ ।
वधशाला निर्माणका लागि २१ करोड २५ लाख रुपैया लाग्ने जनाइको छ । वधशाला निमार्णकालागी डिपिआर तयार भई सकेको ।
नेपालमै नमुना वधशाला निमार्णका लागि हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको छ। वधशालालाई पूर्णता दिन महानगरपालिकाले अगुवाई गर्नुपर्ने संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले बताए ।
टेण्डर आव्हानका लागि महानगरपालिका प्रसासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन समेत गरिएको छ ।
विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ शालमा शुुरु भएको हो। तत्कालिन अवस्थमा १ करोड १९ लाखमा वनेको वधशालाले पुर्णता नपाउदा त्याहा वनेका भौतिक संरचना पुुराना र जिर्ण भएका छन। पुरानै भौतिक संरचना भएपनि त्यसलाई मापदण्ड अनुुसार व्यवस्थित गर्न सकिने महागनरपालिकाले जनाएको छ ।
कार्यक्रममा महानगरपालिका उपप्रमुुख इन्दिरा कार्की, डा वोधप्रसाद पराजुली, पुनम दाहाल, उमाशंखर यादव तथा हिरालाल यादवले वधशालाको पुन निर्माणको तयारीवारे जानकारी गराएका थिए।