हेटौंडा उपमहानगरपालिका १०, राप्ती पुलनजिकै ना.५ ख ७९४२ नम्बरको बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
सिलिगुडीबाट काठमाडौं जाँदै गरेको उक्त यात्रुवाहक बसको ठक्करबाट अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल यात्रुको घटनास्थलमै मृत्यु भए पनि उनको परिचय भने खुलेको छैन ।
झापा दमक नगरपालिका १० का ३५ वर्षीय बस चालक सुदन श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।