कागजका कार्टुन उत्पादन गर्ने भरतपुर महानगरपालिका ४, नारायणगढको बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको छ ।
फ्याक्ट्रीमा मंगलबार सबेरै परेको चट्याङले कारखानामा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको खबर आफूले बिहान पौने ३ बजे पाएको कारखानाका सञ्चालक भद्रनारायण पिया बताउँछन् । आगलागीबाट गोदाममा राखिएका कागजका ठूला रोल र बनाएर तयारी अवस्थामा रहेका कार्टुनहरु नष्ट भएका छन् ।
भरतपुर महानगरपालिकाका २ र खैरहनी र कावासोती नगरपालिकाका १-१ दमकलले आगो निभाएका छन् । समयमै दमकल र उद्धारकर्ता आएकाले आगोको ज्वाला टाढासम्म फैलन नपाएको स्थानीयको भनाइ छ ।