१. सरकारको स्वीकृति लिएरमात्र बच्चाको नाम
यदि तपाईं डेनमार्कमा हुनुहुन्छ भने आफ्नो इच्छाअनुसार बच्चाको नाम राख्न पाउनुहुनेछैन। सरकारबाट स्वीकृतिप्राप्त ७ हजार नाम तपार्इंलाई उपलब्ध गराइनेछ, जसमध्येबाट नाम राख्नुपर्नेछ। यदि उक्त सूचीबाट नाम राख्नु चाहनुहुन्न भने स्थानीय चर्च र सरकारको स्वीकृति लिएरमात्र राख्न पाइनेछ।
२. जगिङमा रोक
जगिङको सौखिन हुनुहुन्छ र तपाई बुरुन्डीमा हुनुहुन्छ भने तपाईंले जगिङ गर्न पाउनुहुनेछैन। २०१४ मार्चबाट पूर्वी अफ्रिकाको यो देशमा जगिङमा प्रतिबन्ध लगाइएको हो। असामाजिक गतिविधि गर्नेहरुले जगिङलाई दुरुपयोग गर्ने तर्क गरिन्छ।
३. चुइङगममा प्रतिबन्ध
सिंगापुर सरकारले सन् २००४ देखि चुईङगममा प्रतिबन्ध लगाएको छ। सार्वजनिक सरसफाईमा समस्या आएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको त्यहाँको सरकारले बताउँदै आएको छ।
४. निलो जिन्समा प्रतिबन्ध
उत्तर कोरियाका तानाशाह किम जोङ उनले आफ्नै देशका अनेक खालका प्रतिबन्ध लगाउने गरेका छन्। त्यसमध्ये एक हो, निलो जिन्समा प्रतिबन्ध। देशलाई पश्चिमी संस्कृतिबाट बचाउन यस्तो प्रतिबन्ध लगाएको उनले बताउने गरेका छन्।
५. भिडियो गेममा रोक
ग्रीस सरकारले अनलाइन जुवा रोक्न कम्प्युटर र मोबाइल फोनमा चल्ने सबै खालका इलेक्ट्रोनिक्स गेममा रोक लगाएको छ। यसको सास्ती पर्यटकले भोग्नु परेको छ। पर्यटकले आफ्नो मोबाइलमा गेम राख्दा या त भारीमात्रामा जरिवाना तिर्नु परेको छ भने या जेल जानु परेको छ।
६. अँध्यारो अनुहार लगाउँदा जरिवाना
हाल इटलीमा रहेको मिलान अस्ट्रिया मातहतमा रहँदा एउटा अनौठो नियम लगाइएको थियो, जसअनुसार शहरमा हरेक मानिसहरुको मुहारमा मुस्कान जरुरी थियो। मानिसको मृत्यु संस्कार र अस्पतालबाहेक अन्यत्र अँध्यारो अनुहार लगाए जरिवाना लगाइन्थ्यो। आजकाल त्यहाँ त्यस्तो छैन।
७. महिला र पुरुषका अन्डरवेयर एकसाथ सुकाउन प्रतिबन्ध
अमेरिकाको मिनिसोटामा यस्तो अनौठो नियम छ, जहाँ महिला र पुरुषका अन्डरवेयर एकसाथ सुकाउन पाइँदैन।
८. इमो पोशाकमा प्रतिबन्ध
रुसमा एक विशेष खालको फेसन अर्थात् इमा फेसनका सौखिन किशोरहरुले आत्महत्या गर्ने क्रम बढेपछि सरकारले त्यहाँ इस्तो फेसनमा प्रतिबन्ध लगाएको छ।