महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले आफूले एक रुपैयाँ पनि घुस नखाएको दाबी गरेका छन् ।
ललितपुरको जिम्मेवारी सम्हालेका एसएसपी राईले बिहिबार पत्रकार जमगट गर्दै २४ वर्षको सेवा अवधिमा एक पैसा नखाएको दाबी गर्दै यदि कसैले प्रमाणित गर्छ भने बर्दि फूकालेर हिड्दिने चुनाैती दिए ।
लामो समय नेपाल प्रहरीको विषेश ब्युरोमा रहेर काम गरेका एसएसपी राईले प्रहरी सेवा भएकाे बताए। उनले भने-'प्रहरीको दुख देख्दा देख्दै जागिर खाएको हो। कसैले जबर्जस्ती गरेको होइन।
पत्रकार जमघटमा उनले अाफनाे योजना सार्वजनिक प्रहरीबाट हुने अवैध गतिविधि समेत नियन्त्रण गर्ने बताए ।एसएसपी राईले आफ्नो कार्यकालमा ललितपुरको अपराधिक गतिविधि न्यून पार्ने समेत दाबी गरे।उनले एसपी हुँदा बाँके प्रहरीको कमाण्ड गरेका छन् भने ३ पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गरेका छन् ।