प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संविधान दिवसको तयारी तामझामका साथ भइरहेको छ। हरेक नागरिकलाई संविधानप्रति आपनत्व जगाउनका लागि रचनात्मक सहितको कार्यक्रमको आयोजना गरिएको प्रदेश ५ सरकारका प्रबक्ता वैजनाथ चौधरीले जानकारी दिए।
दिवसलाई भब्य रुपमा मनाउन प्रदेश ५ को राजधानी बुटवलका सडकका बीच भागमा राष्ट्रिय भण्डा राखिएको छ। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्सीय समिति गठन गरेर दिवस मनाउन लागिएको हो। घोषित कार्यक्रम अन्तर्गत असोज २ गते पहिलो दिन बुटवल क्षेत्रमा बृहत सरसफाई गरिएको छ। सरसफाईमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित मन्त्रीहरु, सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायको सहभागिता थियो।
संविधान दिवसलाई जोडेर डेङगु विरुद्ध अभियान समेत चलाउने र त्यसका लागि स्थानीय तहसंग समन्वय भएको प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शकर खरेलले बताए। प्रदेशका सबै सरकारी कार्यालय, मुख्य चोकहरु र घरघरमा नेपाली झण्डा फहराउने, विद्यालय स्तरिय कबिता बाचन, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण लगायतका कार्यक्रम गरिने प्रदेश सरकारले जानकारी दिएको छ। भदौ ३ गते बिभिन्न भेष–भुषा सहितको बृहत झाँकी,बाजा गाजा सहितको ¥याली प्रदर्शन गर्ने र बुटवल मण्डपमा बिशेष कार्यक्रम गर्ने तय भएको छ।
असोज ४ गते सामाजिक विकास मन्त्रालयको अगुवाइमा बुटवल र भैरहवामा रक्तदान गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ।