सूचना तथा प्रसारण विभागले असोज ७ गतेसम्म आव ०७६/७७ को छुट दरबन्दी र श्रमजीवीको विवरण बुझाउने भनेको छ ।
विभागकी शाखा अधिकृत रुपा विकले एक सूचना जारी गर्दै असोज ७ भित्रै सबै विवरण अनलाइनमार्फत भर्न आग्रह गरेक छन् ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘आव ०७६/७७ का लागि सञ्चार प्रतिष्ठानमा (पत्रपत्रिका, टेलिभिजन, एफएम, रेडियो र अनलाइन) स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका र नयाँ दर्ता भएका सञ्चार प्रतिष्ठानहरुले यस विभागको वेवसाइट www.doinepal.gov.np मा रहेको अनलाइन सेवामार्फत २०७६ असोज ७ गतेसम्म भर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’