जसरी ज्योतिषशास्त्रमा कुनै व्यक्तिको जन्मकुण्डली अध्ययन गरी उसको भविष्यबारे भविष्यवाणी गरिन्छ त्यसरी नै हस्तरेखा ज्योतिषका माध्यमबाट हातका रेखाले भविष्य बताउन सकिन्छ ।
कतिपय व्यक्तिको हातका रेखामा राजयोगको सुख लेखिएको हुन्छ । राजयोग सुख भनेको मन्त्री, मुख्यमन्त्री, राजदूत, राज्याधिकारी, प्रदेश प्रमुख, न्यायाधीश, वकिल आदि योग रहन्छ । जसको हत्केलाको मध्य बीचमा गोडा, घडा, रुख अनि झन्डाको संकेत हुन्छ उसले नै राजयोगको सुख भोग्ने अवसर पनि पाउँछ । यसका अलावा जसको निधार चौडा र पाखुरा (हात) लामो हुन्छ त्यो व्यक्तिले पनि राजसुख भोग्न पाउँछ ।
- कसैको हत्केलामा धनुष, कमल, आसन अथवा चतुष्कोण बनेको हुन्छ उससँग सधैं लक्ष्मी प्रशन्न हुन्छिन् । र लक्ष्मीको बास सधैं रहन्छ ।
- जसको हत्केलाको बीचबाट शनि रेखा माझी औंलातर्फ गएको देखिन्छ भने उसले राजसुख भोग्ने मौका पनि पाउँछ ।
- जसको हातमा तरबार, पहाड, हलोजस्तो चिह्न बनेको हुन्छ ऊसँग लक्ष्मीको कमी कहिल्यै हुँदैन ।
- जब सूर्य रेखा मुख्य रेखासँग मिलेको छ भने त्यो व्यक्ति मुख्यमन्त्री या प्रदेश प्रमुखजस्ता महत्त्वपूर्ण पद ओगट्न सफल हुन्छ ।
- जसको हातमा शनि पर्वतमाथि त्रिशूलको चिह्न देखिन्छ भने ऊ राज्यको कुनै सरकारी अधिकारी हुने पक्का हुन्छ ।
- एजेन्सीको सहयोगमा