मोरङ प्रहरीले रानी विराटनगर–इटहरी तथा इटहरी उर्लावारी सडकखण्डमा सिसी क्यामरा जडान गरी आजदेखि विधिवत रुपमा संचालनमा ल्याएको छ ।
प्रदेस न १ सरकारको सहयोगमा मोरङ प्रहरीले विराटनगर–इटहरी स्थित कोशी राजमार्ग र इटहरीदेखी उर्लावारी सम्मको पुुर्व पश्चिम राजमार्गको ६० किलोमिटर सडकक्षेत्रमा ५८ वटा सिसी क्यामरा जडानगरि संचालनमा ल्याएको हो । शहरीका मुुख्य सडकतथा हाइवेका प्रमुुख स्थान तथा संवेदनशिल ठाउमा सिसी टिभी क्यामरा जडान गरि संचालनमा ल्याइएको मोरङका प्रहरी प्रमुुख एसपी विश्व अधिकारीले बताए ।
एसपी अधिकारीका अनुुसार रानी विराटनगरदेखी विराटनगरको प्रवेशद्धारसम्म ३२ वटा दुहवीको वुुढिखोला देखी वाहुुनीसम्म १३ वटा तथा पथरीदेखी उर्लावारीसम्म १३ वटा गरि ५८ वटा सिसी टिभी क्यामरा जडान गरिएको छ ।प्रदेश सरकारको १ करोड ५३ लाख रुपैयाको लागतमा क्यामरा जडान गरिएको हो ।
क्यामरा जडान भएपछि ६० किलोमिटर सडकक्षेत्रमा हुुने गतिविधी जिल्ला प्रहरी कार्यालय मोरङवाट सहजै निगरानि गर्न सकिने छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित कार्यक्रममा प्रदेश न १ का मुुख्यमंत्री शेरधन राईले जडान भएको सिसी टिभी कयामरा विधिवत रुपमा उद्घाटन गर्नुुभयो । उहाले सिसी क्यामराको जडानले अपराध नियन्त्रण र अनुुसन्धानमा सहयोग पुुग्ने बताए।
उनले एक नम्वर प्रदेशसको प्रहरीलाई नेपालकै नमुुना प्रहरी वनाउन प्रदेश सरकारको सहयोग निरन्तर रहि रहने वताउदै दाश्रो चरणमा मोरङका अन्य सडक तथा विभिन्न स्थानमा समेत सिसी टिभी जडानगर्न लागेको जानकारी दिए ।
प्रहरी महानिरिक्षक सरवेन्द्र खनालले मुुलुुकको शान्ती सुुरक्षा सुुद्धिढ वन्दै गएकाले अव अपराध र अपराधीको कुुनै गुुन्जाइस नभएको वताउनुुभयो । नागरिकलाई सर्वोच ठानेर नेपाल प्रहरीले सेवा प्रदान गर्नुुपर्नेमा उनले जोडदिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुली , प्रदेश न १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रदेश न १ का प्रहरी प्रमुुख ठाकुुरप्रसाद ज्ञवालीले, अपराध नियन्त्रणमा सिसी टिभी क्यामरा फलदायी हुुने बताए ।