रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए। उनको बायां कुममा गोली लागेको छ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन्। उनीहरुले कुर्मीसँग भएको ५ लाख रकम पनि लुटेको स्थानीयको बताएका छन्। घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ । घटनास्थलमा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ।