बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ ।
गएराति करिब साढे १२ बजे गाउँपालिकाको कार्यालय देउलेकनजिकै पार्किङ गरी राखेको से.१झ २७४ नम्बर आगजनी भएको हो ।
आगजनीबाट गाडी पूर्णरुपमा जलेर नस्ट भएको र गाडीमा आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकृत ईश्वरीदत्त पाण्डेले बताए ।
स्याडी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता अम्मर महर रहेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए ।