गएराति चितवनमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको भृत्यु भएकाे छ ।
गएराति साढे ९ बजेको समयमा जिल्लको राप्तिमा भारतीय गाडीको ठक्करबाट राप्ति नगरपालिका ६ बस्ने सरोज तामाङको मृत्यु भयाे भने ट्याक्टरको ठक्करबाट कालिका नगरपालिमा विशाल श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायव उपरीक्षक भावेष रिमालले बताए ।
डिएसी रिमालका अनुसार राप्ति नगरपालिका ४ मार्तल पुल स्थित पुर्वबाट पश्चिम तर्फ आइरहेको युपी २ वान सियान ३ वान ८८ नम्बरको भारतीय ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ४१ प ४९०२ नम्बरको मोटसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सरोज तामाङको मृत्यु भएकाे हो ।
भारतीय गाडीको ठक्करबाट बाईक पछाडि सवार राप्ति नगरपालिका- १ का १४ बर्षिय उत्सव श्रेष्ठ घाईते भएका छन् । घाईते श्रेष्ठको पुरानो मेडीकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।
यस्तै यता कालिका नगरपालिका ७ गैडाखोला मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक बिशाल श्रेष्ठको भृत्यु भएकाे छ । ना ३ त १३३५ नम्बरको ट्याक्टरले ना ४१ प ९८४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कालिका नगरपालिका ७ बस्ने बर्ष २८ का विशाल श्रेष्ठको उपचारको क्रममा नयाँ मेडीकल कलेजमा मृत्यु भएकाे हो ।
मोटरसाइकल पछाडि सवार कालिका नपा ७ बस्ने वर्ष ३० का मुकेश श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने चालक र टक्याक्टर इलाका प्रहरी कार्यालय टाडीको नियन्त्रणमा रहेको छ ।रासस