प्रहरीले सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जनालाइ पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक पेटीमा हिंडिरहेकी महिलाले घाँटीमा लगाएको अन्दाजी १ दशमलब ५ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने १९ वर्षीय सुरेश बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैबीच, शंकरापुर नगरपालिका-६ सांखुस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने शंकरापुर नगरपालिका-२ पटास बस्ने २९ वर्षीय शुकुराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.४ ख ७२६३ नम्बरको बस जाँच गर्ने क्रममा चालक तामाङले मादक पदार्थ सेवन गरी बस चलाएको फेला पारी कारवाही गर्न खोज्दा उनले उक्त रकम दिई प्रलोभनमा पार्न खोजेपछि रकम सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।