पासाङ ल्हामुमार्गअन्तर्गत रसुवा खण्डमा सडक भासिएको छ । यात्रुहरु गन्तव्यमा पुग्नका लागि जोखिम लिएरै यात्रा गर्न बाध्य छन् । राजमार्ग अस्ति (बुधबार) साँझ भासिएको हो । राम्चे-ग्राङ खण्डको बीच नाकुरदुङ भन्ने ठाउँमा राजमार्ग भासिएसँगै यातायातका साधन पनि चल्न सकेका छैनन् ।
पहिरोले रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको छ । पैदल आवतजावत गर्नसक्ने अवस्था पनि नरहेको स्थानीय बताउँछन् । सडक अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती बेहोर्दै गन्तव्यतर्फ गएका छन् ।
यातायात ठप्प हुँदा स्थानीय बासिन्दा, पर्यटक र मानसरोवर जाने तीर्थयात्रीले सास्ती खेप्नुपरेको छ । सदरमुकाम धुन्चे र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो । व्यवसायीका सामानले भरिएका ट्रक पनि अलपत्र परेका छन् । भन्सार गरी छुटेका र सामान लिन केरुङतर्फ लागेका सयौं कन्टेनर पनि बीच बाटोमै अलपत्र परेका छन् ।