केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश कुमार थापा र प्रहरी जवान वीरवल भट्टराईलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।
निर्माण व्यावसायीहरुलाई करोडौं माग्दै धम्क्याएको घटनामा गुन्डा नाइके समिरमानसिंह बस्नेतसँग साठगाठ देखिएकाे भन्दै प्रहरीले उनीहरूलाइ पक्राउ गरी संगठित अपराध मुद्दा दायर गरेकाे छ।
प्रहरी जवान भट्टराई भने जेलमा रहेका बस्नेतलाई आफ्नो मोबाइल प्रयोग गर्न दिएको अभियाेगमा पक्राउ परेका हुन् ।निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका प्रमुख योजनाकार बस्नेत हाल सुन्धारास्थित जेलमा छन् ।