अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टोलीले जिल्ला अदालत सिरहामा कार्यरत न्यायाधीश नरनारायण पौडेलका सवारी चालकलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले १ लाख १० हजार रुपैयाँ घुस रकमसहित जिल्ला अदालत सिरहाका न्यायाधीश पौडेलका सवारी चालक ब्रिजमोहन यादवलाई बिहीबार पक्राउ गरेको हो ।
मुद्दा मिलाइदिने भनेर घुस लिंदै गर्दा उनलाइ बर्दिबास कार्यालयवाट खटिएको अख्तियारकाे टोलीले सिरहाको खड्ग होटलबाट पक्राउ गरेकाे हाे ।उसलाइ हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएकाे प्रवक्ता हरिप्रसाद घिमिरेले बताए ।