धनौजी गाउँपालिका(१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा ७ वटा पोकामा राखी अवैध रुपमाल्याउँदै गरेको उक्त कपडा सहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयऔरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।पक्राउ परेका ५ जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
उता, पर्वतकाे कुश्मा नगरपालिका ९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका(९ बस्नेहरु ३७ वर्षीय दिनेश ढकाल र ३५ वर्षीय नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका(६ घर भएका ३८ वर्षीय उमाभक्त वस्नेत र पर्वत फलेवास नगरपालिका(३ शंकरपोखरी बस्ने ५० वर्षीय राम प्रसाद तिवारी रहेका छन् । साथै जुवाखालमै रहेका एक व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।