नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् तथा आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति जनाएको छ।
भदौ २५ गते बुधबार काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भनी काप्रीले धम्क्याएको महासंघको विज्ञप्तिमा उल्लेख छ।
महासंघले कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भन्दै निन्दा र भत्र्सना गरेको छ। साथै उसले धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरेको छ।